पेरिस सेन्ट जर्मेन बन्यो फ्रान्स च्याम्पियन

३ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेनले लगातार तेस्रो सिजन फ्रान्सको लिग वान जितेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलियरलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन अन्तिम खेल अघि नै च्याम्पियन बनेको हो । उपाधि पक्का गर्न पेरिस सेन्ट जर्मेनलाई मात्र एक अंक चाहिएको थियो ।
पेरिस सेन्ट जर्मेनले १७ औं मिनेटमा माटुइडीको गोलबाट अग्रता लिएको थियो । २५ औं मिनेटमा लाभाज्जीले गोल गर्दै टीमको अग्रता दोब्बर पारे । ४० औं मिनेटमा मोनियरले गोल गर्दै मोन्टपेलियरलाई खेलमा फर्काउने संकेत गरे । तर, दोस्रो हाफमा दुबै टीमबाट गोल हुन सकेन र फेरिस सेन्ट जर्मेन २–१ ले विजयी भएको छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment