मतदातालाई धन्यवाद दिदै एमाले

बागलुङ/गत चैत २८ गते सम्पन्न बागलुङ क्षेत्र नम्बर एकको उपनिर्वाचनमा उम्मेदवार बन्नु भएका एमाले नेतृ मनकुमारी केसी सहितको टोली मतदाताहरुलाई धन्यवाद दिन गाउ“ पुगेको छ । बागलुङ नगरपालिका वडा नम्बर १० मा सम्पन्न जनभेटघाट कार्यक्रममा एमाले नेतृ मनकुमारी केसीले प्राविधिक रुपमा निर्वाचनमा पराजित हुनुपरेपनि जनताको सेवामा सदैव लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।
केही दिन अगाडि नेपालमा आएको महाभुकम्पका कारण नेपाली जनता दुःखी भएको उल्लेख गर्दै पीडितहरुको सेवामा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको थियो । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका केसीले एमालेले विप
त्तीमा परेकाहरुलाई राहत उपलब्ध गराउन सरकार र आफ्नो तर्फबाट पहल गरिरहेको उल्लेख गर्दै बास्तविक पीडितले मात्र राहत पाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा पुर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं युवा नेता हिराबहादुर केसी, जिल्ला सचिवालय सदस्य ध्रुव केसी, जिल्ला सदस्य भुवन पुरी, क्षेत्रीय सचिव खेमराज सापकोटा, गोविन्दप्रसाद पौडेल, टिकाराम सापकोटा, क्षेत्रीय सदस्य रिता आचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन ताराकान्त आचार्यले गर्नुभएको थियो ।
नेकपा एमाले बागलुङ क्षेत्र नम्बर एकको निर्णय अनुसार बागलुङ क्षेत्र नम्बर एकका सबै गाविस र वडाका जनताहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम तय गरिएको छ । उपनिर्वाचन सकिएपछि जनतालाई प्रत्यक्ष भेटी आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिनका लागि पहिलो पटक बानपा १० मा कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment