शिवालयमा शिव पाञ्चायतको मन्दिर बन्ने

बागलुङ, । बागलुङ बजारदेखि तित्याङको पड्केडा“डा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण भएपछि शिवालय मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ । फड्केडा“डाको पहरोमा रहेको शिवालय मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै गएपछि मन्दिरको भौतिक व्यवस्थापनको कामलाई तिव्रता दिइएको छ ।
गर्मीको समयमा चिसो हावा बहने पड्केडाडामा रहेको मन्दिरमा पुजाआजा गर्ने दर्शनार्थीको संख्या बढ्दै गएको र बागलुङ बजारदेखि फुर्सदको समय विताउन आउनेको संख्या बढ्न थालेपछि मन्दिर परिसरको भोतिक संरचना पुुनः निर्माणमा लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
समितिका अनुसार सुरुमा अप्ठ्यारो डा“डोमा मन्दिर र सत्तल निर्माण गरिएको भएपनि मानिसको चाप बढ्दै गएपछि अहिले जग्गा समथर बनाइएको छ । संस्कृत तथा पर्यटन मन्त्रालयबाट धार्मिक स्थल पुनःनिर्माण तथा संरक्षणका लागि आएको २ लाख र मन्दिरको पुजाआजा तथा भेटीबाट उठेको १ ला
ख ५० हजार गरी कुल ३ लाख ५० हजार रुपैयांको लागतमा मन्दिर परिसरमा रहेको सात रोपनी जग्गा सम्माउने काम सकिएको मन्दिर व्यवस्थापन समितिका सदस्य बद्रीप्रसाद शर्माले बताउनुभयो ।
मन्दिर परिसर सा“घुरो भएको र भएको जग्गाको व्यवस्थापन गरी फराकिलो बनाउने अभियान अन्तरगत जमिन सम्माउने काम सकिएको शर्माको भनाई छ । उहांका अनुसार अहिले शिवालय मन्दिर रहेको क्षेत्रलाई शिव पाञ्चायन मन्दिर निर्माण गरी विस्तार गर्ने कामलाई समेत तिव्रता दिइएको छ । अहिले शिव मन्दिरसंगसंगै देवी देवताका मुर्ती तथा साना मन्दिरहरु भएपनि त्यसलाई विकास गरी शिव पाञ्चायत मन्दिरको रुपमा विकास गर्ने लक्ष्य रहेको शर्माको भनाई छ । समथर बनाइएको मन्दिर परिसरमा शिव, गणेश, सरस्वती, सूर्य लगायतका भगवानको मुर्ती बनाइने समितिले जनाएको छ । 
बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि मन्दिर नजिकै जोडिएको अग्लो झोलुङ्गे पुलका कारणपनि मन्दिर व्यवस्थापनको आवश्यकता परेको समितिले जनाएको छ । ‘गर्मीको समयमा चिसो हावा बहन र ४ गाविसवासी बागलुङ प्रवेश गर्ने नाकामै मन्दिर भएकाले यहा मानिसहरुको भीड लाग्ने गरेको छ ।’ शर्माले भन्नुभयो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment