हनुमान नाच संरक्षण परिषदको साधारणसभा

बागलुङ, जेठ ३ गते । हनुमान नाच संरक्षण परिषद बागलुङको चौथो साधारणसभा तथा अधिवेशन बागलुङमा सम्पन्न भएको छ । अधिवेसनले तीर्थप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मतले चयन गरेको छ । परिषदकोे उपाध्यक्षमा युवराज राजभण्डारी, सचिवमा इश्वरप्रसाद श्रेष्ठ, सहसचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा तुलसीनारायण भारी रहनु भएको छ ।
परिषदको सदस्यमा मनमोहन श्रेष्ठ, जयराम भारी, केशवप्रसाद वझा, बद्रीकुमार श्रेष्ठ, राजकपुर श्रेष्ठ, बिविन्द्रकुमार श्रेष्ठ, बिष्णु शाक्य, बिकासकुमार श्रेष्ठ, भुदर्सन श्रेष्ठ, भिमसेन शाक्य, मनोबिज्ञान श्रेष्ठ र दिवाकरप्रसाद मलेपति रहनु भएको छ । साधारणसभा तथा अधिवेसनको उद्घाटन अक्षयकोष दाता अर्जुनप्रसाद श्रेष्ठले गर्नुभएका थियो ।
सो अवसरमा हनुमान नाच संचालनमा लागि श्रेष्ठले १ लाख २५ हजार र तिर्थप्रसाद श्रेष्ठले बावा नारायणप्रसाद श्रेष्ठ र माता हरिलक्ष्मी श्रेष्ठको सम्झनामा १ लाख ७६ हजार १ सय ५५ रुपैयाको अक्षय कोष स्थापनाको घोषणा  गर्नु भएको ।
कार्यक्रममा परिषदका सचिव इश्वरप्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन र जयराम भारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परिषदले आगमी भदौ महिनामा हनुमान नाच निकाल्ने समेत निर्णय गरेको छ । कार्यक्रम परशुराम श्रेष्ठको अध्यक्षता, जयराम भारीको स्वागत र इश्वरप्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment