महासंघद्वारा राहत अभियानमा जुट्न आग्रह


बागलुङ, जेठ २ गते । सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले मातहतका निकायलाई भूकम्प पीडितहरुका लागि राहत अभियानमा जुट्न आग्रह गरेको छ । महासंघका अध्यक्ष प्रेम लामिछानेले शुक्रबार बिज्ञप्ती प्रकाशित गरी बिनाशकारी भूकम्पबाट पीडित र प्रभावितलाई सहयोग गर्न आव्हान गरेको हो । 
महासंघले गत वैशाख १२ गते गएको भूक
म्प र त्यसपछिको पराकम्पनका कारण पीडित भएकाहरुका लागि राहत अभियानमा सरिक हुन र सहयोग गर्न इलाका र गाउँ स्तरिय सामुदायिक वन उपभोक्ता महासंघलाई आग्रह गरेको छ । साथै राहत संकलन र बितरण कार्यलाई थप प्रभावकारी बनाउन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको छ ।
गोरखाको बारपाक केन्द्र बिन्दु बनाएर गएको ७ दशमलब ३ रेक्टर स्केलको बिनाशकारी भूकम्पमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment