भुकम्पपछि पुनरावेदन अदालतको भनव क्षतिग्रस्त


जेठ २, बागलुङ/बैशाख २९ गते शुक्रबारको भुकम्पका कारण पुनरावेदन अदालत बागलुङको भवनमा क्षति पुगेको छ । गत बैशाख १२ गते गएको भूकम्प र त्यसपछि २९ गते आएको पराकम्पनले चर्किएको भवन शुक्रबार बिहानको पराकम्पनबाट बस्न नमिल्ने गरी चर्किएपछि कार्यालयको सेवा प्रवाहमा समस्या देखिएको छ । 
कार्यालयको सात कक्ष रहेको एउटा ब्लकमा क्षति पुगेकाले त्यहाँ रहेको सम्पूर्ण सामान बाहिर निकालिएको छ । मुख्य न्यायधिश, न्यायधिश, रजिष्ट्रारको कार्यकक्ष, प्रशासनिक, आइटीको सर्भर र पुस्तकालय कक्षमा प्रयोग गर्न नमिल्ने गरी क्षति भएकाले बैकल्पिक व्यवस्था गरिएको पुनरावेदन अदालत बागलुङका रजिष्ट्रार खड्कबहादुर श्रेष्ठले बताउनुभयो । इञ्जिनियहरुले परिक्षण गर्दा बस्न नमिल्ने अवस्था रहेको बताएपछि तत्कालका लागि मिटिङ हललाई इजलाश हलको रुपमा प्रयोग गरेर काम चलाइएको श्रेष्ठले जानकारी दिनुभयो । 
यसैबीच, भूकम्पले धौलागिरी बहुमुखी क्याम्पस बागलुङको भवनहरुमा पनि ठुलो क्षति पुयाएको छ । भूकम्प र त्यसपछिको पराकम्पनबाट क्याम्पसको पुराना प्रशासनिक भवन, बिज्ञान प्रयोगशाला, प्राध्यापकका दुई वटै आवास गृह, बिद्यार्थी छात्राबास भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएकाले इञ्जिनियर तेजेन्द्र शर्मा पौडेल नेतृत्वको टोलीले रातो स्टिकर लगाइदिएको क्याम्पस प्रमुख आनन्दराज सिलवालले वताउनुभयो । नयाँ प्रशासनिक भवन र अन्य कक्षा कोठाहरुमा पनि आंशिक क्षति देखिएकाले मर्मत गरेर मात्र प्रयोग गर्न टोलीले सुझाव दिएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिनुभयो । 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment