सञ्चार क्लवद्धारा नियमित साक्षात्कार कार्यक्रम शुरु

बागलुङ जेठ, ३ गते । आदर्श सञ्चार सहकारी संस्थाद्धारा गठित आदर्श सञ्चार क्लब बागलुङले साक्षात्कार कार्यक्रम गर्न शुरु गरेको छ । संस्थाद्धारा सञ्चालित धौलागिरि जागरण दैनिक प्रकाशनको सातौ बर्ष पुरा भएको अवसरमा जेठ १ गतेदेखि कार्यालयमा साक्षात्कार कार्यक्रमको आयोजना गरी क्लबको नियमित कार्यक्रम शुभारम्भ गरिएको हो ।
अब नियमित रुपमा अघि बढाइने क्लबको बिविध कार्यक्रम अन्र्तगतको पहिलो साक्षात्कार कार्यक्रममा जिल्लामा भूकम्पबाट पीडित र प्रभावित परिवारको क्षति विवरण संकलन, राहत बितरण र पुर्ननिर्माणका बिषयमा जिल्लामा भइरहेका पहल र गतिविधिमा छलफल गरिएको थियो । 
कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले पछिल्लो समय भूकम्पबाट सामान्य क्षति भएकाहरु पनि पीडित र प्रभावितको सूचीमा दर्ज हुन खोज्ने प्रवृत्ति बढ्दै गइरहेको भन्दै यसलाई सबै मिलेर रोक्न जरुरी भएको वताउनुभयो । सस्तो ब्याजदरमा ऋण, विविध सुविधा र बिदेश जान पाइने महत्वकाक्षांले भूकम्प पीडित नभएकाहरु पनि हुने क्रम बढ्न थालेको छ, प्रजिअ पौडेलले भन्नुभयो, यस्तो अवस्थामा सबै नागरिक जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । अहिले १२ सय ८६ घर परिवारलाई ५ हजारका दरले ६४ लाख ३० हजार प्रारम्भिक राहत बितरण गरिएको वताउदै प्रजिअ पौडेलले यो पुर्ण राहत नभई राज्यको उपस्थिति मात्र भएको बताउनुभयो ।
प्रशासनका अनुसार क्षेत्र नम्वर १ का २ सय २७, २ का ८ सय ३७ र ३ का २ सय २२ घरधुरीका पुर्ण क्षति भएकाहरुलाई राहत बितरण गरिएको छ । राहत बितरणका लागि गृह मन्त्रालयबाट जिल्लाका लागि ७० लाख रुपैयाँ निकासा भएको छ ।
हाल सम्मको प्राप्त जानकारी अनुसार ३१ स्कुलका ७२ कोठा क्षतिग्रस्त भएका छन् भने ४३ स्वास्थ्य चौकी, ७ प्रहरी चौकी, ६ मन्दिर, निसीको एक हाइड्रो पावरमा क्षति पुगेको प्रजिअ पौडेलले वताउनुभयो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष मनकुमारी केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी
अब समसामयिक बिषयमा साक्षात्कार कार्यक्रम, बिभिन्न संघ संस्थाको पत्रकार सम्मेलन, सञ्चार सम्वन्धि तालिम लगायतका बिषयमा कार्यक्रम गर्ने संयायेजक  शिरीषले वताउनुभयो । यसैगरी गरिब, बिपन्न, असहाय तथा परोपकारी कार्यका लागि हुने पत्रकार सम्मेलन निशुल्क गरिने भन्दै अन्य पत्रकार सम्मेलन लगायतका कार्यक्रमको संयोजन गरिए बापत न्युनतम शुल्क लिइने पनि क्लबले जानकारी दिएको थियो ।
ले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका संयोजक दिल शिरिषले गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment