जापान गएका शर्माले गरे गाउंलेलाई सहयोग

बागलुङ, जेठ ४ गते । बागलुङको भकुण्डेबाट रोजगारीका लागि जापान गएका भकुण्डे गाविस वडा नं. ६ जैसीथरका नारायण शर्मा जैसीले भुकम्प पीडितका लागि व्यक्तिगत रुपमा राहत प्रदान गर्नुभएको छ । जापानबाट आफ्ना छोराले भुकम्पबाट घरमा क्षती पुगेका भकुण्डेवासीका लागि पठाइएको राहत रकम शर्माका आमा मानव अधिकारका लागि एक महिला जिल्ला कार्य समिति बागलुङका सचिव समेत रहनुभएका लक्ष्मी शर्माले भकुण्डेनै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
शर्माले भकुण्डेमा बैशाख १२ गते र २९ गतेको
भुकम्पबाट घरमा क्षती पुगेका ६ जनालाई राहत रकम र खाद्यान्न रकम समेत प्रदान गर्नुभएको थियो । छोराले भुकम्पबाट गाउंमा क्षती पुगेको भन्दै पठाइदिएको २८ हजार ६ सय रुपैया“ वडा नम्बर एकका कर्णबहादुर थापा, पांचका अनबहादुर किसान, भक्तबहादुर किसान, छका भद्रकली थापा, नरहरी थापा र वडा नं. ५ का एक वेसहारा अशक्त महिलालाई रकम प्रदान गरेको शर्माले बताउनुभयो । शर्माले वेसहारा महिलालाई १ बोरा चामल दुई दुई केजी दाल समेत आफ्नोतर्फबाट प्रदान गरिएको बताउनुभयो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment