दीपिकाको ‘माइ च्वाइस’ पछि अब कंगनाको भिडियो

मुम्बाई, वैशाख १ (एजेन्सी) – निकै विवादीत बनेको दीपिका पादुकोणको ‘माइ च्वाइस’ भिडियोपछि अब वलिवुडकी अर्की नायिका कंगना रनौटको नयाँ भिडियो चर्चामा आएको छ । किशोरी तथा युवतीहरुको जागरुकताको चर्चा गरिएको उक्त भिडियो १४ वर्षीया एक किशोरीमाथि छायंकन गरिएको छ । ती किशोरी फेशन डिजाइनर बन्न चाहन्छिन् तर उनका आमाबाबु भने उनी इन्जिनियर बनोस् भन्ने ईच्छा राख्छन् । यही विषयवस्तु समेटेर भिडियो तयार पारिएको छ ।



भिडियोको कंगला रनौट भिडियो कलिङमार्फत ती किशोरको आमाबाबुलाई छोरीले ईच्छाको बारेमा सम्झाउन खोज्छिन् र अन्त्यमा सफल पनि हुन्छिन् । उक्त दृश्य हेर्दा राजकुमार हिरानी चर्चित चलचित्र थ्री इडियटस्को याद आउँछ । ‘सपने, मेक इट ह्यापन’ नाम दिइएको उक्त भिडियोलाई ५ लाखभन्दा बढीले हेरिसकेका छन् । यसअघि दीपिकाले महिला सशक्तिकरणको बारेमा भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोले आलोचना तथा तारिफ दुवै पाएको थियो ।

 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment