नयाँ वर्षको स्वागतमा कविता

काठमाडौं : नयाँ वर्षको स्वागत गर्दै विश्व दर्शन केन्द्रले शनिबार राजधानीमा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा हरिहर तिमिल्सिना, उत्तम भौकाजी, रामगोपाल आषुतोश, गोपीकृष्ण ढुंगाना, लक्ष्मीप्रसाद घिमिरेले कविता र गजल सुनाएका थिए।
'चिनौं आफूलाई, बुझौं आआफ्ना राष्ट्रलाई र जगाऔं विश्वलाई' भन्ने नाराका साथ विश्व भ्रमणको सुरू गरेका नारायण र नवराज भट्टराईले नेपाल र भारतका विभिन्न स्थानका तस्वीर राखी प्रकाशन गरेको भित्ते क्यालेण्डरको पनि विमोचन गरिएको थियो। 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment