वान्स मोर मागेपछि गायक भटराईले सौराहामा ३ पटक ववाल मच्चाए

सौराहा, वैशाख २ –
नयां बर्ष २०७२ को अवसरमा सौराहामा आयोजित बृहत सास्कृतिक कार्यक्रममा गायक रमेशराज भटराईले सौराहामा ववाल मच्चाए । प्राय कलाकारहरु एकपटक स्टेन चढेपछि अर्को पटक स्टेजमा गएर गित गाउन मान्दैन् । तर नयाँ वर्षलाई स्वागत गर्दै प्रभुश्री कला केन्द्रले सौराहामा आयोजना गरेको कार्यक्रममा भटराई “बवाल भो, बबाल भो… ” गीत ३ पटक गाएर र्दशक श्रेतालाई तताएका थिए ।
प्राय सौराहा आउने पर्यटकहरुको चाहान भनेकै जीप सफारी, हात्ती सफारी, डुगां सयरसगै एकसिङ्गे गैडा हेर्ने गर्दछन् । तर उनको बवाल भो गीतलाई गाउँदा स्टेजमा पर्यटकहरुले वान्स मोर मागेपछि ३ पटक सम्म गाएका थिए ।



यस्तै कार्यक्रममा आएका करिब दर्शकहरूसगै विदेशी पर्यटकहरुलाई छमछमी नाच्न बाध्य भएका थिए ।
लोक भाका “सालैजो…..” ले लोक पारखीहरु रमाउदै थिए । भने “मलाई तिमिले चाहेरपनि….” बोलको गितगाउदा सबैलाई सिरियस पनि बनाएका थिए । सोही अनुरुप दर्शक उनले गाएको गीतमा रमाउन आतुर देखिन्थे । गायक भटराईले एकपछि अर्को गर्दै दर्शक श्रोताले फरमाईस गरेको गिता गाउदा दर्शकले निकै हुटिङ आएको थिए । तीन पटक गरेर ३ घण्टा जति आफ्ना सुप्रसिद्ध गीतहरु सुनाएका थिए ।

दर्शकको आग्रहलाई स्वीकार्दै भटराईले दर्शकमाझ पुगेर गाएका थिए । जब उनले दर्शकमाझ जान स्टेजबाट झर्दै थिए, दर्शकहरुले हुटिङ गर्दै उनलाई स्वागत गरेका थिए । अनि दर्शकसँगै गीत गाएर रमाएका गायक भटराईले पुनः स्टेजमा गीत गाएर आफ्नो प्रस्तुति देखाएका थिए ।


यस्तै चर्चीत गायिका अन्जु पन्तले कार्यक्रम सुरु भएको २ घण्टा पछि स्टेजमा चढेर आफु विरामी नभएको भन्दै सौराहामा पहिलो पटक गाउन आएको भन्दै सबैलाई कार्यक्रम रहि राख्न अनुरोध गदै साढे ११ वजे स्टेजमा आएका थिईन् । उनले “तिम्रो आँखामा आँसु हेरी…” “धेरैलाई बाँडदा नपुग्ला माया..”, “न बिर्सें तिमीलाई…” लगायत गीत मन्त्रमुग्द बनाएकी थिईन् । लोकदोहोरी गायक राजु परियारले “रुमाल धोको छु…”जस्ता गीत गएर लोकमय बनाएका थिए । यस्तै चितवनकी चेलीकी रुपमा परिचित गायिका मण्डवी त्रिपाठीले “मात लाग्यो..”, “सिम्पल सिम्पल कान्छी…” बोलको गीतले ले दर्शकश्रोताहरूलाई नचाएकी थिईन् । यसै गरि पोख्रेरली (माग्ने बुढा र धर्मुस) राजेन्द्र नेपाली र युवराज भण्डारीले दर्शकहरुलाई मेटमिचिमिचि हसाएका थिए । दोहोरी गायिका सम्झना लामिछाने मगरले ’फूल फुलेर पहेंलै भयो…’ गीत गाउदै नचाएकी थिईन् । डान्सर विपाशा बीसी र रत्ननगर कला मन्दिरका कालाकारहरुको वेजोड प्रस्तुती पनि दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment