पीएसजीको पोष्टमा बार्सिलोनाको तीन गोल

Luis Suarez and Neymar
३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
Luis Suarez and Neymar
३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
बुधबार राति भएको पहिलो लेगमा बार्सिलोनाले पीएसजीमाथि ३–१ को जित हात पारेको हो । यससँगै बार्सिलोना आठ सिजनमा सातौं पटक सेमिफाइनल नजिक पुगेको छ ।
पीएसजीको घरेलु मैदानमा भएको खेल चारै गोल बार्सिलोनाका खेलाडीले गरे । साथै फ्रान्सेली क्लब पीएसजीको घरेलु मैदानमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
खेलको १४ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको ६७ र ७९ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो ।
८२ औं मिनेटमा बार्सिलोनाका म्याथुले आत्माघाती गोल गरे । बार्सिलोनाका लिओनल मेस्सीको प्रहार बारमा लागेर फर्किएको थियो ।
मुख्य स्ट्राइकर जाल्टन इब्राहिमोभिच र कप्तान थिएयो सिल्भा बिना मैदान उत्रिएको पीएएफ कमजोर देखिएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment