बेलले इङल्यान्डलाई सम्हाले

एन्टिगुवा : इयान बेलले शतकीय पाली खेलेपछि इङल्यान्डले वेस्ट इन्डिजविरु द्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुआत गरेको छ। 
इङल्यान्डले पहिलो दिनको खेल समाप्तीमा पाँच विकेट गुमाएर तीन सय ४१ रन जोडेको छ। बेलले एक सय ४३ रन जोडे। जोए रुटले ८३ रन बनाए भने बेन स्टोकेस ७१ रन बनाएर खेलिरहेका छन्। इङल्यान्डले ३४ रन जोड्दा तीन विकेट गुमाएको थियो तर बेलले उत्कृष्ट प्रदर्शन गर्दै रुटसँग साझेदारी गरे। बेल र रुटबीच चौथो विकेटका लागि एक सय ७७ रनको साझेदारी भयो। बेल र  स्टोकेसले पनि पाँचौं विकेटका लागि शतकीय साझेदारी गरे। यी दुईले एक सय ३० रनको साझेदारी गरे।
बेलले दुई सय ५६ बलमा एक छक्का र २० चौका प्रहार गरे। ३३ वर्षीय बेलले टेस्ट क्रिकेटमा २२औं शतक बनाएका हुन्। 
उनले एक सय ६औं टेस्ट खेल्ने क्रममा ४२ अर्धशतक पनि बनाएका छन्। रुटले एक सय ३३ बलमा ११ चौका हिर्काए। ८० बल खेलिसकेका स्टोकेसले एक छक्का र १० चौका प्रहार गरिसकेका छन्।
इङल्यान्डका कप्तान एलेस्टर कुक ११ रन जोडेर आउट भए भने जोनाथन ट्रटले खाता खोल्न सकेनन्। गेरी ब्यालेन्स पनि १० रनमात्र जोडेर आउट भए। बलिङतर्फ वेस्ट इन्डिजका जेरोमी टेलर र केमार रोचले पनि दुईदुई विकेट लिए। 
जेसन होल्डरले पनि एक विकेट हात पारे। अस्ट्रेलिया र न्युजिल्यान्डमा भर्खरै सम्पन्न एकदिवसीय विश्वकपपछि आयोजित यो पहिलो दुईदेशीय क्रिकेट शृंखला हो। इङल्यान्ड र वेस्ट इन्डिजबीच तीन खेलको टेस्ट शृंखला हुनेछ। -एजेन्सी
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment