महामारी रोक्न उचित प्रबन्ध मिलाउन एमालेको आग्रह

काठमाडौं, वैशाख २ - एमालेले जाजरकोटमा भइरहेको इन्फ्लुएन्जा प्रकोप नियन्त्रणका लागि तत्काल उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
 एमालेले स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ,  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेती लगायतका पदाधिकारीसंग पार्टी कार्यालयमै छलफल गर्दै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।
एमाले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले स्वास्थमन्त्रीसहितको टोलीसँग कुराकानी गर्दै पार्टीको संयन्त्र समेत नियन्त्रणका लागि परिचालन गर्ने जानकारी दिएका थिए । त्यसका लागि सरकारी अधिकारीहरुले समन्वय मिलाउनका लागि पोखरेले आग्रह गरे ।  
एमालेले  जाजरकोट जिल्लाको सबै पार्टी कमिटीलाई  प्रकोप नियन्त्रणमा जुट्न निर्देशन पनि दिइसकेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment