अष्ट्रेलियन लाईब्रेरीमा नेपाली शाखा

अष्ट्रेलिया, वैशाख २ - अष्ट्रेलियाको सिड्नीमा रहेको सरकारी पुस्तकालयमा अब नेपाली साहित्यप्रेमीहरुले नेपाली पुस्तकहरु सहजै पाउने भएका छन् । सिड्नीको एसफिल्डमा रहेको पुस्तकालयले नेपाली भाषाका पुस्तकहरुका लागि छुट्टै शाखा स्थापना गरिदिएपछि नेपाली पुस्तकका अध्ययनकर्तालाई सहज भएको छ । 
नेपाली नयाँबर्षको उपलक्ष्यमा उक्त एसफिल्ड काउन्सिलको लाईबे्ररीले नेपाली पुस्तकालय शाखाको उद्घाटन गरेको छ । काउन्सिलकी मेयर लुसिली म्याकेना, अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल र स्टेट लाइब्रेरियन डा. एलेक्स ब्य्रानीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा यहााको पुस्तकालयमा नेपाली साहित्यलाई अलग्गै शाखाको रुपमा स्थान दिन पाउनु आफ्नो लागि गर्वको बिषय भएको बताउादै मेयर म्याकेनाले उक्त क्षेत्रमा नेपाली भाषा चौंथो धेरै बोलिने भाषा भएको समेत जानकारी दिइन् । उनले काउन्सिलको यो प्रयासले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिको बारेमा जानकारी दिन महत्वपुर्ण हुने धारणा राखेकी थिइन् ।
कार्यक्रममा राजदुत नेपालले स्थानीय स्तरबाट आफ्नो पहिचान र साहित्य जर्गेनाका लागि गरिएको प्रयासको प्रशासा गरेका थिए । उनले पुस्तकालयले नेपाली भाषालाई उच्च प्राथमिकता दिएकोको धन्यवाद दिदै नेपाली कला, संस्कृती र भाषाको जर्गेनामा सरकारी तवरबाट पाएको सहयोग र सम्मान प्रशासनीय भएको बताएका थिए । 
कार्यक्रममा नेपाली बालबालिकाहरुले कला र संस्कृती झल्कने किसिमका बिभिन्न नृत्य प्रस्तुत गरेका थिए भने अभिभावकहरुले नेपाली पोशाकमा झाँकी र परेड प्रदर्शन गरेका थिए । कार्यक्रममा डा. नारायण प्रधान, इन्द्रा वनले संयुक्त रुपमा अतिथिहरुलाई सम्मान गरेका थिए । औपचारिक उद्घाटनछि सबैका लागि खुल्ला गरिएको पुस्तकालय शाखाबाट आफुलाई चाहिने पुस्तकहरु निशुल्क सदस्यता लिएर अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment