गेस्ट हाउसमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौं : राजधानीको लाजिम्पाटमा बस्दै आएकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। गत चैत २१ गतेको घटनामा पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि बिहिबार मात्रै सार्वजनिक भएको हो।

 प्रहरीले बालात्कारमा संलग्न भएको आरोपमा लाजिम्पाटका निलकण्ठ महर्जनलाई पक्राउ गरेको छ। महर्जनले ठमेल स्थित गेष्ट हाउसमा पुर्‍याएर ती बालिकालाई बलात्कार गरेको आरोप पीडितका आफन्तको छ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सीताराम रिजालका अनुसार पीडित बालिकाले नै आफ्नी शिक्षिकालाई आफू बलात्कृत भएको बताएपछि घटना परिवार हुँदै प्रहरीसम्म पुगेको हो।
सानैमा आमा गुमाएकी ती बालिका घरमै ट्युसन पढेर प्राईभेट परिक्षा दिंदै आएकी थिईन्। प्रहरीले पक्राउ गरेका व्यक्ति ती शिक्षिकाका पति हुन्।
डिएसपी रिजालका अनुसार बालिकाको स्वास्थ्य परिक्षणका लागि थापाथली स्थित प्रसुति गृहमा पठाईएको छ। सोह्रखुट्टे वृत्तमा बिहिबार पीडित र पीडकका आफन्तको ओईरो लागेको थियो।
'घटनाप्रकृति हेर्दा जवजस्ती करणी गरेको देखिन्छ, स्वास्थ्य रिर्पोट आएपछि अझै प्रष्ट हुन्छ', डिएसपी रिजालले भने।
पीडित बालिका र महर्जनको घर नजिकै रहेको छ । फकाएर साथी भेटाईदिन्छु भन्दै गेस्टहाउसमा लगेर बलात्कार गरेको आरोप पीडित पक्षले लगाएका छन्।
पीडित बालिकाले पनि आफूलार्इ गेस्ट हाउसमा लगेर बलात्कार गरेको बयान प्रहरीसँग दिएकी छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment